उपत्यकामा भदौ ८ सम्म निषेधाज्ञा थप, बिहीबारदेखि राति ८ बजेपछि सवारी चलाउन नपाइने

काठमाडौँ, २६ साउन । काठमाडौँ उपत्यकाको निषेधाज्ञा भदौ आठ गतेसम्मका लागि थप गरिएको छ । निषेधाज्ञा थप गरिएसंगै बिहीबारदेखि राति ८ बजेपछि सवारी साधन चलाउन नपाइने भएको छ।

मंगलबार बसेको काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञा भदौ ८ गतेसम्म थप गर्दै राति ८ बजेपछि सबै प्रकारका सवारी साधन चलाउन रोक लगाउने निर्णय गरेको हो।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसारअत्यावश्यक सेवाका सवारी भने सञ्चालन गर्न दिइने छ । त्यस्तै निर्माण सामाग्रीहरुलाई साँझ ९ बजेदेखि विहान ५ बजेसम्म उपत्यकाभित्र चल्न छुट दिइएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *