सरकारको नीति तथा कार्यक्रम : कोभिड -१९ बाट उत्पन्न महाविपत्तिबाट मुक्ति

काठमाडौँ, २४ साउन । कोभिड – १९ रोकथाम तथा नियन्त्रणमा केन्द्रीत रहेर सरकार सञ्चालनका लागि सत्तारुढ गठबन्धनले न्युनतम साझा नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा, सत्ता गठबन्धनमा रहेका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव, डा बाबुराम भट्टराई र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कार्यदलको प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

नयाँ सरकारले ल्याएको नीति तथा कार्यक्रम पनि कोभिड नियन्त्रणलाई प्राथमिकतामा राखेको पाइएको छ । नीति तथा कार्यक्रममा आगामी चैत मसान्तसम्म सबै नेपालीलाई कोभिडविरुद्धको खोप निशुल्क उपलव्ध गराउने ।

खोप उत्पादनका लागि नेपालमै भ्याक्सिन ल्याव स्थापना गर्न पहल गर्ने, कोभिड उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता र स्वास्थ्य सुरक्षा सामग्री उपलव्ध गराउने लगायतका कार्यक्रम राखिएको छ ।

यस्तै स्वास्थ्य सामग्री खरीदमा गरिएको अनियमितताको छानविन गर्ने र दोषी देखिएका व्यक्ति तथा संस्थालाई कारवाही गर्ने लगायतका कामहरु गर्ने भन्ने रहेको छ ।

यस्तो छ नीति तथा कार्यक्रमको पूर्णपाठ :

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *