जापानबाट आइपुग्यो ५ लाख १३ हजार डोज एस्ट्राजेनेका खोप

तस्बिर : बडेबाबु थापा

काठमाडौँ, २३ साउन । जापान सरकारले कोभ्याक्स सुविधा अन्तरगर्त नेपाललाई दिने घोषणा १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये पहिलो खेप शनिबार ५ लाख १३ हजार डोज खोप काठमाडौँ आईपुगेको छ । विहान साढे ९ बजे कतार एयरबाट ती खोप काठमाडौँ आइपुगेको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाका अधिकृत बडेबाबु थापाले बताए ।

खोप लिनका लागि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ, सचिव डा रोशन पोखरेल लगायतका प्रतिनिधिहरु त्रिभुवन विमानस्थलमा पुगिसकेका छन् । नेपालका लागि जापानी राजदूत नकिकुता युताकाले विमानस्थलमै राज्यमन्त्री श्रेष्ठलाई ती खोप हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

यसअघि हिजो भुटानले पठाएको २ लाख ३० हजार डोज एस्ट्राजेनेका खोप आएको थियो । सो खोप बागमती प्रदेशमा वितरण गरिसकिएको छ ।

जापानबाट पुन: आइतबार २ लाख ८७ हजार डोज खोप आउने र बाँकी ८ लाख खोप अर्को साता आईपुग्ने बताइएको छ ।

एस्ट्राजेनेका खोप गत चैतमा कोभिसिल्डको पहिलो डोज लगाई दोस्रो डोज लगाउन नपाएका साढे ९ लाख जेष्ठ नागरिक सहित १३ लाख ६८ हजार जनालाई दिईने भएको छ । बाँकी रहेको खोपहरु बैदेशिक रोजगारीमा जानेलाई दिईने भनिएको छ ।

स्वास्थ्य मन्त्रालयले आगामी २५ साउन देखि नै एस्ट्राजेनेका खोप दिन सुरु गर्ने घोषणा गरेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *