नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

काठमाडौँ, २२ साउन । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार पछिल्लो चौबिस घण्टामा थप २५ जनाको निधन भएसंगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार १९ पुगेको छ ।

त्यसैगरी आज थप ३ हजार ७२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । र १ हजार ८८५ जना निको भई डिस्चार्ज भएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ९ सय ४२ रहेको छ । देशभरका कोभिड अस्पतालका आइसीयूमा ७३२ र भेन्टीटरमा १५८ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *