विश्व समुदायलाई दुई अर्ब डोज कोरोना विरुद्धको खोप सहयोग गर्दै चीन

बेइजिङ्ग, २२ साउन । चीनले यसै वर्षभित्रमा विश्वका विभिन्न देशलाई कम्तीमा पनि दुई अर्ब डोज कोरोना विरुद्धको खोप सहयोग दिने भएको छ । त्यस बाहेक उसले यसै वर्षको अन्तिमसम्ममा एक करोड अमेरिकी डलर सहयोग कोभ्याक्स कार्यक्रमका लागि सहयोग गर्ने समेत उल्लेख गरेको छ ।

बिहीबार बसेको कोभिड–१९ को अप्रेसन फोरमको बैठकलाई पठाएको सन्देशमा राष्ट्रपति सि जिनपिङले यसै वर्षको अन्त्यसम्ममा चीनले विश्वका खाँचो परेका देशहरुलाई कम्तीमा पनि दुई अर्ब डोज खोप दिने बताएका हुन् । उनले आगामी दिनमा कोभिड विरुद्धको खोपको खाँचो हुने धेरै देश हुने भएकाले ती देशलाई यो खोप उपलब्ध गराउने प्रतिवद्धता जनाए ।

उनले कोभ्याक्सअन्तर्गत दिइएको एक करोड अमेरिकी डलर बराबरको आर्थिक सहयोगबाट किनिएको खोप विश्वका विकासशील देशहरुका लागि उपलब्ध गराइने जानकारी पनि दिए ।

लिखित सन्देशमा राष्ट्रपति सीले कोभिड–१९ का विरुद्धमा विश्व समुदायलाई एकत्रित गर्ने काममा चीनले विशेष भूमिका निर्वाह गर्ने पनि जानकारी समेत बताए । उनले विश्व यो महामारीबाट आक्रान्त भएकाले यसका विरुद्धमा विश्व नै एक भएर लड्नुपर्ने भन्दै चीन महामारी विरुद्ध विश्व समुदायलाई एकै स्थानबाट लड्ने वातावरण सिर्जना गर्ने काममा लागेको पनि जनाए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *