भुटानले पठाएको २ लाख ३० हजार डोज एस्ट्राजेनेका खोप काठमाडौँ आइपुग्यो

काठमाडौँ, २२ साउन । भुटानले पठाएको २ लाख ३० हजार डोज कोभिडबिरुद्धको खोप एस्ट्राजेनेका काठमाडौँ आइपुगेको छ । खोप बोकेर थिम्पुस्थित पारो विमानस्थलबाट उडेको ड्रुक एयरको कार्गो विमान विहान ९ :१५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गरेको छ ।
यसअघि स्वास्थ्य सेवा विभागले शनिबार भुटानबाट खोप आउने जनाएको थियो । तर एक दिन अघि नै भुटानले खोप पठाएर सहयोग गरेको छ ।
भुटानबाट एस्ट्राजेनेका खोप आउने भएकोले यो खोप कोभिसिल्डको पहिलो मात्रा लगाई दोस्रो मात्रा लगाउन नपाएका नागरिकलाई प्राथमिकताका साथ दिईदै छ ।
खोप नपाएका कारण अहिलेसम्म साढे ९ लाख बढी जेष्ठ नागरिक सहित १३ लाख ३८ हजार बढीले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।
सम्पर्क इमेल : [email protected]