भुटानले पठाएको २ लाख ३० हजार डोज एस्ट्राजेनेका खोप काठमाडौँ आइपुग्यो

372
Shares
तस्बिर : प्रकाश सेवा

काठमाडौँ, २२ साउन । भुटानले पठाएको २ लाख ३० हजार डोज कोभिडबिरुद्धको खोप एस्ट्राजेनेका काठमाडौँ आइपुगेको छ । खोप बोकेर थिम्पुस्थित पारो विमानस्थलबाट उडेको ड्रुक एयरको कार्गो विमान विहान ९ :१५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गरेको छ ।

यसअघि स्वास्थ्य सेवा विभागले शनिबार भुटानबाट खोप आउने जनाएको थियो । तर एक दिन अघि नै भुटानले खोप पठाएर सहयोग गरेको छ ।

भुटानबाट एस्ट्राजेनेका खोप आउने भएकोले यो खोप कोभिसिल्डको पहिलो मात्रा लगाई दोस्रो मात्रा लगाउन नपाएका नागरिकलाई प्राथमिकताका साथ दिईदै छ ।

खोप नपाएका कारण अहिलेसम्म साढे ९ लाख बढी जेष्ठ नागरिक सहित १३ लाख ३८ हजार बढीले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *