स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकको जिम्मेवारी डा. आरपी विच्छालाई

काठमाडौं, १९ साउन । स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकको जिम्मेवारी डा आरपी बिच्छाले पाएका छन् । स्वास्थ्य मन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रीस्तरीय निर्णय गर्दै डा. विच्छालाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएका हुन् । डा विच्छा कान्ति बाल अस्पतालको निर्देशक थिए ।

‘मैले केही वेर अघि नियुक्ती पत्र बुझेको छु । अब भोलिबाट विभागको जिम्मेवारी सम्हाल्ने तयारीमा लाग्छु ,’ सम्छिप्त प्रतिक्रिया दिदै विच्छाले भने ।

स्वास्थ्य सेवा विभागको महानिर्देशक पद १२ औँ तहको पद हो । त्यहाँ डा दीपेन्द्ररमण सिंहले महानिर्देशक महानिर्देशकको रुपमा काम गर्दै आएका थिए ।

डा विच्छालाई निमित्त महानिर्देशक बनाएपछि डा सिंहलाई भने मन्त्रालय तानिएको मन्त्रालय स्रोतले बतायो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *