कोभिड युनिफाइड केन्द्रीय अस्पतालको निमित्त प्रशासकीय अधिकारीमा डा. भुपेन्द्रकुमार बस्नेत नियुक्त

काठमाडौँ, १९ साउन । कोभिड -१९ युनिफाइड केन्द्रीय अस्पतालको निमित्त प्रशासकीय अधिकारीमा डा भुपेन्द्रकुमार बस्नेत नियुक्त भएका छन् ।
स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रीस्तरीय निर्णय गर्दै बस्नेतलाई सो जिम्मेवारी दिएका हुन् ।
यसअघि सोमबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले राज्यमन्त्रीस्तरीय निर्णय गर्दै डा रुद्र मरासिनीलाई प्रशासकीय अधिकारीमा नियुक्त गरेका थिए । तर प्रधानमन्त्री कार्यालयबाट सो नियुक्ति कार्यान्वयन नगर्न निर्देशन आएपछि रोकिएको थियो ।
‘अहिले मैले चिठी बुझिसकेको छु । अब साढे चार बजेतिर पदवहाली गर्न जान्छु,’ डा बस्नेतले भने ।
यसअघिका निर्देशक डा जागेश्वर गौतमलाई भने परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा सरुवा गरिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
डा बस्नेतसंग यसअघि वीर अस्पतालमा निमित्त निर्देशकको जिम्मेवारी सम्हाली सकेको अनुभव छ ।
सम्पर्क इमेल : [email protected]