राज्यमन्त्रीको हैसियतमा पाउने सुरक्षाकर्मी बाहेक कुनै सुविधा लिन्न – स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ
काठमाडौँ, १८ साउन । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले राज्यमन्त्रीको हैसियतमा पाइने सुरक्षाकर्मी बाहेक कुनै पनि सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन् । राज्यमन्त्री भएको १० दिन पछि आज पत्रकार सम्मेलन गर्दै उक्त घोषणा गरेका हुन् ।
राज्यमन्त्री श्रेष्ठले भनेका छन्, सरकारले दिने सुरक्षाकर्मी बाहेक तलब भत्ता, आवास सुविधालगायतका कुनै पनि सुविधा लिदिन । मन्त्री श्रेष्ठले स्वास्थ्य मन्त्रालयसँग स्वार्थ बाँझिने कुनै पनि निकायमा आफ्नो आवद्धता नरहने पनि जानकारी दिए ।
उनले मन्त्री भएपछि आफूले नेतृत्व गरेका स्वास्थ्य संस्थाहरुमा कानुनी रुपमा नै जिम्मेवारीबाट अलग भइसकेको समेत दावी गरे ।
राज्यमन्त्री श्रेष्ठले अस्पतालहरु खोलेको र स्वार्थ बाझिने भन्दै नियुक्त हुनासाथ टिप्पणी उठेका थिए ।
सम्पर्क इमेल : [email protected]