महेन्द्र श्रेष्ठको जागिरे जीवन : अन्तिम दिनसम्म काममै

काठमाडौँ, १७ साउन ।  ‘आज राती बाह्र बजे पछि मेरो सरकारी जागिर समाप्त हुँदैछ । भोलीबाट त म आउनु पर्दैन् । आईहाले पनि यो कुर्सीमा होईन, तपाईँहरु बसेको कुर्सीमा बस्नु पर्छ । अपरान्ह पौने चार बजे कार्यकक्षमा केही सहकर्मीसंग गफिदै थिए,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठ ।

त्यसैबेला एक कर्मचारीले हस्ताक्षर गर्न संकेत गर्दै फाइल टक्र्याए । ‘गर्नै पर्‍यो, जागिरे जीवनको यो अन्तिम हस्ताक्षर पो हुने हो कि ? केहीक्षण त अझै बस्छु । अरु पनि केही फाइल आउँलान कि ?,’  हाँसो ठट्टाका साथ सही ठोकिदिए ।

‘मरो जागिरे जीवनको ४१ बर्ष १ महिना २५ दिन हो आज । २२ जेठ २०३७ सालमा अहेवबाट सेवा सुरु गरेको हुँ । यो बीचमा मैले एचए भएँ । स्वास्थ्य अधिकृत भएँ । जनस्वास्थ्य प्रशासक हुँदै प्रमुख विशेषज्ञ पदमा पुगें । मेरो मेरो जागिरे जीवनमा स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय, केन्द्रीय अस्पताल, तालिम केन्द्र, क्षेत्रीय स्वास्थ्य कार्यालय, स्वास्थ्य सेवा विभाग र मन्त्रालयमा काम गरेको अनुभव भयो । त्यसमा विभिन्न विभिन्न महाशाखाको जिम्मेवारी सम्हालेको अनुभव भयो । उनले गफिदै गए । तर भोलीबाट पो अब के गर्ने हो ? चार दशक यसैगरी वित्यो । अब कसरी वित्छ होला ? के गर्ने होला ?’ उनी सोचमग्न पनि देखिन्थे ।

फेरी उनी स्पष्ट भए जसरी भन्थे, ‘बाकी जीवन कुनै न कुनै माध्यमबाट सामाजिक कार्यमै विताउँछु ।’

श्रेष्ठलाई साढे चार बजे स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठ सहितको टोलीले मन्त्रालयबाट विदाई गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *