काठमाडौँ उपत्यकामा ५५ बर्ष माथिका खोप लगाउन बाँकीलाई भेरोसेल दिईदै

काठमाडौँ, १३ साउन । काठमाडौँ उपत्यकामा यसअघि छुटेका ५५ बर्ष माथिका व्यक्तिलाई बिहीबारदेखि कोभिडबिरुद्धको खोप भेरोसेल दिने तयारी भएको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महशाखाले उपत्यकाका तीनवटै जिल्ला काठमाडौँ ललितपुर र भक्तपुरमा ५५ देखि माथिका सबै र अत्यावश्यक सेवामा खटिने सबैलाई कोभिडविरुद्धको पहिलो डोज भेरोसेल दिने तयारी गरेको हो ।

काठमाडौँमा यसअघि पनि ५५ बर्षमाथिकालाई खोप दिइएको थियो । तर ती उमेर समूहका सबैले खोप पाइसकेका थिएनन् ।

‘हामीले सम्भवत विहीबार (भोलि)देखि नै यो कार्यक्रम सुरु गर्दैछौँ । तयारीमा रहनका लागि तीनवटै जिल्लाहरुलाई निर्देशन दिईसकेका छौँ । सुरुमा ५५ बर्षमाथिकालाई दिईने र त्यसपछि उमेर समूह घटाउँदै लैजाने भन्ने योजना छ,’ विभागका खोप शाखाप्रमुख डा झलक गौतमले भने ।

स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बद्रीबहादुर खड्काले विभागको औपचारिक निर्देशन आएमा विहीबार देखि नै अभियान सुरु गर्न आफूहरु तयारी अवस्थामा नै रहेको बताए ।

चीनबाट खरीद गरिएको ४० लाख मध्ये पछिल्लो साता २४ लाख डोज भेरोसेल खोप आएको थियो । सो खोप आएपछि अभियान पुन सञ्चालन गर्न लागेको हो ।

यसअघि विभागले कोभ्याक्स सुविधा अन्तरगर्तको जेनसान खोप ५० देखि ५४ बर्ष उमेर समुहका लागि र पछि १८ बर्ष माथिकालाई समेत दिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *