विश्वभर ३ अर्ब ८८ करोड ५६ लाख ३१ हजार डोज खोप लगाइयो

 

बाल्टिमोर, मेरील्याण्ड, १२ साउन । विश्वभर तीन अर्ब ८८ करोड ५६ लाख ३१ हजार २३२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन् । चीनमा एक अर्व ५५ करोड २ लाख ६८ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

भारतमा ४४ करोड १९ लाख १२ हजार ३९५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

अमेरिकामा ३४ करोड ११ लाख ६० हजार ९३९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा १२ करोड ८० लाख ७२ हजार २४३ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ ।

जर्मनी ८ करोड ९३ लाख ८७ हजार २५७ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । बेलायतमा ८ करोड ४५ लाख ८८ हजार ५३ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ ।

जापान ७ करोड ७७ लाख २६ हजार ९२९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । फ्रान्समा ६ करोड ९८ लाख ८४ हजार ७६७ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ ।

टर्कीमा ६ करोड ७७ लाख ८७ हजार ३३२ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । इटाली ६ करोड ५८ लाख ८७ हजार ९५४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

एएफपी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *