टिचिङ परिसरको आँखा अस्पतालमा चस्माको पावर जाँच गरि फर्किईन राष्ट्रपति

काठमाडौँ, १२ साउन । राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) पुगेकी छन्। नियमित स्वास्थ्य जाँचका लागि उनी टिचिङ अस्पताल पुगेकी हुन् ।

अल्ट्रासाउण्ड लगायतका जाँच गर्ने भन्दै टिचिङ पुगे पनि चिकित्सकको परामर्श पछि सो जाँच भने गरिनन् । तर उनले फर्कने क्रममा संगै रहेको विवि कोइराला लायन्स नेत्र अध्ययन केन्द्रमा गई आँखा जाँच गराएकी गराएको टिचिङ अस्पतालका प्रवक्ता रामविक्रम अधिकारीले बताए ।

नेत्र अध्ययन केन्द्रका निर्देशक डा आनन्द शर्माले सामान्य आँखा जाँच र त्यसमा पनि चस्माको पावर जाँच गराउन राष्ट्रपति आफ्नो अस्पतालमा आएको बताए । उनले चस्माको जाँच गर्दा पनि समस्या नभएको उनले स्पष्ट पारे ।

‘केही समस्या छ कि भनेर जाँच गराउन आउनु भएको हो । त्यस्तो समस्या देखिएन,’ उनले भने ।

राष्ट्रपति भण्डारी नियमित स्वास्थ्य परीक्षणका त्रिवि शिक्षण अस्पताल जाने गर्दछिन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *