अर्काको लाइसेन्स नम्बर किर्ते गरि डाक्टर बनेका विजय श्याम रंजित पक्राउ

विजय श्याम रंजित

काठमाडौँ, १० साउन । मेडिकल काउन्सिलले लिने नाम दर्ता (लाइसेन्स) परीक्षामा अनुत्तीर्ण भएका विजय श्याम रंजित केही बर्ष अघि धापासीस्थित ग्राण्डी अस्पतालको ‘स्टार अफ दि मन्थ’ समेत भएका थिए ।

तर, उनी आज पक्राउ परेका छन् । महाराजगञ्ज क्षेत्रबाट विहान साढे ९ बजे उनलाई केन्द्रीय अनुसन्धान व्यूरो (सिआईवी)ले पक्राउ गरेको हो ।

उनीमाथि सीआईवीले अर्कैको लाइसेन्स नम्बर लिएको, काउन्सिल छाप र काउन्सिल रजिष्ट्रारको हस्ताक्षर समेत किर्ते गरेको अभियोग लागेको छ ।

सीआईवीका अनुसार रंजितले एनएमसी नम्बर १०८५५ आफ्नो हो भन्दै विभिन्न अस्पतालमा प्राक्टिस गरेका थिए । तर उनले पेश गरेको नम्बर डा लक्ष्मी केसीको नाममा रहेको नेपाल मेडिकल काउन्सिलले जनाएको छ ।

रंजितले पाएको भनिएको प्रमाणपत्रमा पेश भएको नम्बर अर्कैको भएको र त्यसमा छाप, तथा हस्ताक्षर समेत अर्कैको भएपछि सीआईवीले लिखित सम्वन्धि कसूर अपराधमा कारवाही प्रक्रिया अघि बढाएको छ ।

विहान साढे ९ बजे नियन्त्रणमा लिएको सीआईवीले थप छानवीनका लागि आइतबार नै काठमाडौ जिल्ला अदालतबाट म्याद थप गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *