ब्राजिलमा झन् बढ्यो कोरोना संक्रमण, एकै दिन एकलाखभन्दा बढी संक्रमित

साओ पाओलो, ९ साउन ब्राजिलमा कोभिड–१९ को सङ्क्रमण पछिल्लो समयमा झनै बढेको पाइएको छ । ब्राजिलका स्वास्थ्य अधिकारीहरुहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा नै एक लाखभन्दा पनि बढी सङ्क्रमित भएका छन् ।

त्यहाँ विगतका केही दिनमा एकै दिनमा दुई हजारभन्दा बढीको ज्यान गएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका थिए । हाल मृत्यु हुनेको संख्या त घटेको छ तर सङ्क्रमितहरु भने झनै बढेका छन् । त्यहाँ शुक्रबार अघिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट कम्तीमा पनि १ लाख ८ हजार जना मानिस सङ्क्रमित भएका छन् ।

योसँगै ब्राजिलमा कोरोना भाइरसको प्रकोपबाट संक्रमित हुनेहरुको संख्या १ करोड ९६ लाख पुगेको छ । जसका कारण त्यहाँको जनजीवन पनि निकै प्रभावित भएको देखिएको छ ।

त्यसैगरी गएको २४ घन्टामा यहाँ यो सङ्क्रमणबाट १ हजार ३२४ जनाको ज्यान गएको छ । यो संक्रमणबाट अहिलेसम्म ब्राजिलमा ५ लाखभन्दा बढीको ज्यान गएको बताइएको छ ।

ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमण शुरु भएयता हालसम्म यस प्रकोपबाट ज्यान जाने व्यक्तिको संख्या पाँच लाख नाघेको छ । त्यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार ब्राजिलमा अहिलेसम्म अर्थात् मंगलबार सम्ममा ५ लाख ४८ हजार ९५ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको बताइएको छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीमा यहाँ पछिल्लो समयमा सङ्क्रमित हुनेको संख्या बढेको पाइएको छ । त्यसैगरी मृत्यु हुनेहरुको संख्या पनि केही हप्ता अघि घटेको देखिएकोमा अहिले बढेको छ । ब्राजिलको साओ पाओलो शहर सुरुदेखि नै यो सङ्क्रमणको केन्द्रविन्दुको रुपमा रहेको पनि पाइएको छ ।

ब्राजिल कोरोना भाइरस सङ्क्रमणको कारण संयुक्त राज्य अमेरिकापछि सबैभन्दा बढी नागरिकको ज्यान जाने देशको रुपमा परेको छ । त्यहाँ अहिले पनि दैनिक कम्तीमा पनि एक हजार जनाको ज्यान जाने गरेको छ ।

सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *