पछिल्लो २४ घण्टामा थप २७१४ जनामा कोरोना संक्रमण, २४ जनाको मृत्यु

काठमाडौँ, ७ साउन । पछिल्लो चौबिस घण्टामा देशभर थप २ हजार ७ सय १४ जना कोरोना संक्रमित थपिएका छन् । यहि अवधीमा २४ जना संक्रमितको मृत्यु भएको छ । त्यसैगरी थप १ हजार २ सय ८८ जना संक्रमणबाट मुक्त भई घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जारी गरेको बिबरण अनुसार ९ हजार १ सय २२ जनाको पीसीआर बिधिबाट र ३ हजार ७ सय ७ जनाको एन्टीजेन विधिबाट गरी कुल १२ हजार ८ सय २९ जनाको कोभिड १९ परीक्षण भएको छ । उक्त परीक्षणबाट २ हजार ७ सय १४ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

जसमध्ये काठमाडौँमा ५३६, भक्तपुरमा ८५ र ललितपुरमा १३० जना गरी काठमाडौँ उपत्यकामा ७५१ जना थपिएका छन् ।

देशभरका कोभिड अस्पतालका आइसीयूमा ६३५ र भेन्टीलेटरमा १७२ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै ५ सय भन्दा धेरै सक्रिय संक्रमित रहेका जिल्ला काठमाडौँ , ललितपुर, भक्तपुर, मोरंङ, सुनसरी, झापा, चितवन, कास्की, रुपन्देही र नवलपरासी गरी १० वटा छन् भने २४ जिल्लामा २ सय भन्दा धेरै सक्रिय संक्रमित रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *