भेरोसेल खोप ल्याउन आज वाइडबडी विमान चीन जाँदै

काठमाडौँ, ६ साउन । चीनसंग खरिद गरिएको भेरोसेल खोप ल्याउन नेपाल वायु सेवा निगमको वाइडबडी विमान आज राती ११ बजे वेइजिङका लागि उड्ने भएको छ ।

गत बिहीबार नै खोप ल्याउन बेइजिङ उड्ने तालिका तय भए पनि चीनले तयारी नपुगेको भन्दै छ दिन रोक्न भने पछि बुधबार (आज) जहाज त्यसतर्फ जान लागेको निगमका महाप्रवन्धक डिमप्रसाद पौडेलले बताए । खोप लिएर विमान बिहीबार विहान साढे ६ बजे तिर काठमाडौँ अवतरण गर्ने छ ।

यसअघि निगमले खोप ल्याउनका लागि बुधबार, विहिबार र शनिबारका लागि नयाँ तालिका तय गरेको छ ।

यस अघि असार २५ गते सरकारले पहिलो पटक ८ लाख ९ हजार हजार ६ सय डोज खोप ल्याएको थियो । आज जाने विमानले पनि सोही परिमाणमा खोप ल्याउने जनाएको छ । सरकारले बाँकी थप तीन मेडिकल कार्गो उडानबाट जम्मा ४० लाख डोज खोप ल्याउने जनाएको छ ।

नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजले १७ हजार ६०० बक्स खोप एक पटकमा ढुँवानी गर्ने छ । जसमा प्रतिवक्स ४६ डोज खोप हुनेछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *