जोनसन एण्ड जोनसन कम्पनीको खोप आजबाट लगाईंदै, काठमाडौँले तोक्यो ४४ वटा खोप केन्द्र

512
Shares

काठमाडौँ, ४ साउन । अमेरिकाले नेपाललाई अनुदानमा दिएको जोनसन एण्ड जोनसन कम्पनीको कोरोनाविरुद्धको खोप अभियान आजदेखि सुरु गरिंदै छ ।

एक डोज मात्रै दिए पुग्ने यो खोप ५० देखि ५४ बर्ष उमेर समूहका व्यक्ति अपांगताको क र ख वर्गको परिचयपत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सफाइकर्मी लगायतलाई दिइँदै छ ।

अमेरिकाले कोभ्याक्स कार्यक्रमअन्तर्गत जोनसन एण्ड जोनसन कम्पनीको १५ लाख डोज खोप २८ असारमा काठमाडौं ल्याइएको थियो ।

यसैबीच जिल्ला खोप अनुगमन तथा समन्वय समितिले काठमाडौंमा ४४ वटा खोप केन्द्रबाट साउन ४ गतेदेखि ६ गतेसम्म जोन्सनको खोप लगाउने निर्णय गरेको हो । स्वास्थ्य कार्यालय काठमाडौँले सोही आधारमा खोप केन्द्रको सूची प्रकाशित गरेको छ ।

काठमाडौँमा कहाँ कहाँ लगाईंदै छ खोप ?

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *