जोनसन एण्ड जोनसन कम्पनीको खोप आजबाट लगाईंदै, काठमाडौँले तोक्यो ४४ वटा खोप केन्द्र
काठमाडौँ, ४ साउन । अमेरिकाले नेपाललाई अनुदानमा दिएको जोनसन एण्ड जोनसन कम्पनीको कोरोनाविरुद्धको खोप अभियान आजदेखि सुरु गरिंदै छ ।
एक डोज मात्रै दिए पुग्ने यो खोप ५० देखि ५४ बर्ष उमेर समूहका व्यक्ति अपांगताको क र ख वर्गको परिचयपत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सफाइकर्मी लगायतलाई दिइँदै छ ।
अमेरिकाले कोभ्याक्स कार्यक्रमअन्तर्गत जोनसन एण्ड जोनसन कम्पनीको १५ लाख डोज खोप २८ असारमा काठमाडौं ल्याइएको थियो ।
यसैबीच जिल्ला खोप अनुगमन तथा समन्वय समितिले काठमाडौंमा ४४ वटा खोप केन्द्रबाट साउन ४ गतेदेखि ६ गतेसम्म जोन्सनको खोप लगाउने निर्णय गरेको हो । स्वास्थ्य कार्यालय काठमाडौँले सोही आधारमा खोप केन्द्रको सूची प्रकाशित गरेको छ ।
काठमाडौँमा कहाँ कहाँ लगाईंदै छ खोप ?
सम्पर्क इमेल : [email protected]