भारतद्धारा नेपाललाई १५० वटा आईसीयू बेड सहयोग

काठमाडौं, ३ असार । भारत सरकारले नेपाललाई कोभिड १९ रोकथामको लागि भन्दै १५० वटा आईसीयू वेड हस्तान्तरण गरेको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आईतबार कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई आईसीयू बेड हस्तान्तरण गरेका हुन् ।

स्वास्थ्य मन्त्रालयमा आयोजित हस्तान्तरण कार्यक्रममा राजदूत क्वात्राले नेपालको कोभिड १९ रोकथामका लागि भारत सरकार र भारतीय जनताको तर्फबाट सहयोग स्वरुप आईसीयू बेड सहयोग गरिएको बताए । उनले भारत र नेपालबीचको सदीऔँ पुरानो विशिष्ठ सम्वन्ध रहेको भन्दै नेपाली जनतालाई कोभिड १९ को संकटबाट जोगाउन भारतले आफ्नो सक्दो सहयोग गरेको बताए ।

उनले यसअघि पनि कोभिडविरुद्धको खोप देखि कोभिड उपचार र रोकथामका लागि अन्य मेडिकल सामग्री सहयोग गरेको स्मरण गरे ।

सो अबसरमा बोल्दै कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोभिडविरुद्धको लडाईमा छिमेकी मुलुक भारतले गरेको सहयोगको प्रशंसा गरे । उनले पनि नेपाल भारतबीचको सम्वन्ध ऐतिहासिक रहे्को भन्दै यसलाई कायम गर्नका लागि पनि एक अर्काबीच सहयोग आदानप्रदान हुने गरेको बताए । उनले कोभिड महामारीकोबीचमा भारतले सुरुमै खोप सहयोग गरेको स्मरण गर्दै त्यसलाई भविस्यमा पनि निरन्तरता  होस भन्ने चाहेको बताए ।

भारतबाट खरीद गरिएको १० लाख डोज कोभिसिल्ड खोप लामो समय देखि रोकिएको छ ।

त्यहाँको सर्बोच्च अदालतले आफ्ना नागरिकलाई खोप नपुग्दासम्म बाहिर निर्यात गर्न नपाउने गरी प्रतिवन्ध लगाईदिएको भारतीय अधिकारीहरुले बताउँदै आएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *