खोप केन्द्रमा देखिएको ‘भिडभाड’ व्यवस्थित गर्न प्रधानमन्त्री देउवाको निर्देशन

शुक्रबार टेकु अस्पताल परिसरमा देखिएको खोप लगाउनेको भिड

काठमाडौँ, १ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिडबिरुद्धको खोप लगाउने कार्यक्रमलाई व्यवस्थित गर्न निर्देशन दिएका छन् । शुक्रबार मुख्य सचिव शंकरदाश बैरागी र स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई आफ्नो सरकारी निवास बालुवाटारमा बोलाई यस्तो निर्देशन दिएका हुन् ।

उनले खोप केन्द्रमा लामो लाईन देखिएको र स्वास्थ्य मापदण्डको समेत पालना नभएको भन्दै केन्द्रहरु बढाएर भएपनि भिड व्यवस्थित गर्न सचिवहरुलाई निर्देशन दिएका थिए ।

सरकारले गत २९ असार देखि ५५ बर्ष माथि उमेर समूह, शिक्षक, कर्मचारी, प्राध्यापक, सवारी चालक, सहचालक लगायतलाई भेरोसेल दिने निर्णय गरेको थियो ।

सो निर्णयसंग उपत्यकाका खोप केन्द्रहरुमा खोप लगाउनेको भिड अत्यधिक देखिएको थियो । भीड बढ्दा थप संक्रमण फैलन सक्ने भन्दै विज्ञहरुले चिन्ता जनाएका थिए ।

खोप सकिएपछि काठमाडौँ भेरोसेल लगाउने कार्यक्रम स्थगित
यसैबीच स्वास्थ्य कार्यालय काठमाडौँले खोप सकिएको भन्दै भेरोसेलको पहिलो डोज लगाउने कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ । स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले शुक्रबार सूचना जारी गर्दै खोप कार्यक्रम स्थगित भएको जानकारी गराएका हुन् ।

उनले २ साउनसम्म चलाउने भनिएको खोप कार्यक्रम मौजुदा रहेको भेरोसेल खोपको मौज्दात समाप्त भएकोले स्थगित गर्नु परेको बताएका छन् । काठमाडौमा हिजोसम्म १ लाख १५ हजार ७ सय बढीले खोप पाएका थिए । आजको तथ्यांक आउनै छ ।

जिल्लामा ५० वटा खोप केन्द्रहरु तोकिएको थियो । प्राय सबै केन्द्रमा खोप लगाउने भिड देखिन्थ्यो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *