काठमाडौँ उपत्यकाको निषेधाज्ञा थप दश दिन लम्ब्याउने निर्णय

 

काठमाडौँ, ३१ असार । आज देखि सकिने भनिएको काठमाडौँ उपत्यकाको निषेधाज्ञा थप दश दिनसम्म लम्बिने भएको छ । गत बैशाख १६ गते देखि लागू गरिएको निषेधाज्ञालाई थप खुकुलो गर्दै साउन १० गते सम्म लम्ब्याउने निर्णय भएको छ ।

बिहीबार बसेको उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सो निर्णय गरेको हो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीका अनुसार लामो दूरीका सार्वजनिक यातायात बाहिरबाट आउन र जान पाउने निर्णय भएको छ । त्यसैगरी सबै प्रकारका पसलहरु बेलुका ७ बजेसम्म खोल्न पाइनेछ ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *