काठमाडौँ उपत्यकाको निषेधाज्ञा थप दश दिन लम्ब्याउने निर्णय

308
Shares

 

काठमाडौँ, ३१ असार । आज देखि सकिने भनिएको काठमाडौँ उपत्यकाको निषेधाज्ञा थप दश दिनसम्म लम्बिने भएको छ । गत बैशाख १६ गते देखि लागू गरिएको निषेधाज्ञालाई थप खुकुलो गर्दै साउन १० गते सम्म लम्ब्याउने निर्णय भएको छ ।

बिहीबार बसेको उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सो निर्णय गरेको हो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीका अनुसार लामो दूरीका सार्वजनिक यातायात बाहिरबाट आउन र जान पाउने निर्णय भएको छ । त्यसैगरी सबै प्रकारका पसलहरु बेलुका ७ बजेसम्म खोल्न पाइनेछ ।

 

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *