चौथो वेभको घोषणा गरिएको दक्षिण कोरियामा कोभिडका संक्रमितहरु बढ्दै

सोल१ असार । दक्षिण कोरियामा कोभिड -१९का सङ्क्रमितहरुको संख्या बढ्दै गएको देखिएको छ । त्यहाँका अधिकारीहरुले गएको शनिबार कोभिड १९ को चौथो वेभको शुरुआत भएको बताएका थिए ।

दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार त्यहाँ गएको २४ घन्टायताको तथ्यांक हेर्दा कोभिड(१९ का सङ्क्रमितहरु एकै दिनमा धेरै अर्थात् १ हजार ६०० जना भेटिएको बताएका छन् ।

हुनत अघिल्लो दिनको तुलनामा त्यहाँ १५ जना घटेका छन् । मंगलबार दक्षिण कोरियामा एक हजार ६१५ जना भेटिएका थिए । दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार त्यहाँ गएको छ महिनापछि एकै पटक यतिधेरै संख्याका संक्रमित पहिलो पटक देखिएका हुन् । त्यहाँका अधिकारीहरुले दक्षिण कोरियामा गएको दश दिनदेखि निरन्तर रुपमा कम्तीमा पनि एक हजारजना संक्रमितहरु देखिएका हुन् ।

योसँगै दक्षिण कोरियामा कोभिडका संक्रमितको संख्या १ लाख ७३ हजार ५११ जना पुगेको बताइएको छ । त्यहाँ पछिल्ला केही हप्ता यतादेखि कोभिडका सङ्क्रमितहरुको संख्या बढ्दो देखिएको छ । पछिल्ला हप्ताहरुमा यसरी सङ्क्रमितको संख्या बढेपछि दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले यहाँ कोभिडको चौथो वेभ शुरु भएको बताएका हुन् ।

दक्षिण कोरियाको स्वास्थ्य मन्त्रालयले यही जुलाई १ देखि यता देशैभरि सङ्क्रमितको संख्या बढेको बताएको छ । त्यहाँ पछिल्ला केही दिनयताको देशव्यापी तथ्यांकको हिसाब गर्दा अघिल्ला तीन हप्ताको तुलनामा ५५ प्रतिशत बढी देखिएको छ ।

सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *