काठमाडौँमा भेरोसेल र जेएण्डजे खोप लगाउन ४४ वटा केन्द्र तोकियो

3.1k
Shares

काठमाडौँ २९ असार । काठमाडौँमा आजबाट २ साउनसम्म कोभिडबिरुद्धको खोप भेरोसेलको पहिलो डोज दिईने भएको छ । ४ साउन देखि ६ साउनसम्म भने जोन्सन एण्ड जोन्सन खोप चलाईने छ । दुबै खोपका लागि खोप केन्द्रहरु भने एउटै हुने बताइएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको संयोजकत्वमा बसेको जिल्ला खोप समन्वय तथा अनुगमन समितिको बैठकले महानगरपालिका भित्र १८ वटा खोप केन्द्र सहित जिल्लामा कुल ४४ वटा खोप केन्द्र तोक्ने स्वास्थ्य कार्यालय काठमाडौँको प्रस्तावलाई स्वीकृत गरेको छ ।

साथै बैठकले महानगरपालिका भित्र आवश्यकताको आधारमा थप २५ वटासम्म केन्द्र थप्न सकिने समेत निर्णय गरेको छ ।

स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बद्रीबहादुर खड्काले स्वास्थ्य मन्त्रालयले निर्णय गरेको प्राथमिकता क्रम अनुसार खोप दिईने बताए । मन्त्रालयले आजैबाट ५५ बर्षमाथिका सबै नागरिकलाई, शिक्षक, प्राध्यापक, कर्मचारी, चालक सहचालक, पहिले लगाउन छुट भएका अत्यावश्यक सेवाका व्यक्तिहरु र खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरुलाई भेरोसेल दिईदैछ ।

यस्तै जोन्सन एण्ड जोन्सन खोप ५० देखि ५४ बर्ष उमेर समूहका व्यक्तिहरु, पूर्ण र अति अशक्त अपांग व्यक्ति, शरणार्थीहरु, यसअघिको खोपमा छुटेका स्वास्थ्यकर्मी सरसफाईकर्मीहरुर्ला दिईने बताइएको छ ।

आजको बैठकले गरेका निर्णयहरु

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *