कोभिडबिरुद्धको १५ लाख डोज जोन्सन एण्ड जोन्सन खोप आज आईपुग्दै

खोप बोकेर काठमाडौँ आउँदै गरेको कतार एयरलायन्सको विमान

काठमाडौं, २८ असार । अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सनको १५ लाख डोज खोप आज नेपाल आउँदै छ । खोप बोकेर उडेको कतार एयरको चार्टर फ्लाइट अहिले विहान ९ : ४० बजे काठमाडौँ अवतरण गर्ने तालिका रहेको छ ।

अमेरिकी सरकारको प्रत्यक्ष सहयोगमा कोभ्याक्स सुविधा अन्तरगर्त नेपालले सो परिमाणको खोप पाएको हो ।

जे एण्ड जे विश्व स्वास्थ्य संगठनले सूचीकृत गरेको खोप हो । २ देखि ८ डिग्री तापक्रममा भण्डारण गर्न मिल्ने यो खोप एक डोज मात्रै लगाए पुग्छ ।

अमेरिकी सरकारले यसअघि नै नेपाल सहित दक्षिणपूर्वी एसियाका १२ वटा देशका लागि ७० लाख डोज खोप उपलव्ध गराउने बताएको थियो । अहिले आएको खोप त्यहि घोषणा अनुसारको हो कि होइन भन्ने बारेमा भने स्पष्ट भइसकेको छैन् । यद्धपी अहिले आएको खोप अनुदान सहयोगमा आएको हो ।

यसअघि नेपाललाई भारतले नेपाली सेनालाई छुट्टै सहित ११ लाख डोज कोभिसिल्ड, चीनले १८ लाख भेरोसेल अनुदानमा उपलव्ध गराईसकेको छ ।

यस्तै भारतको सिरम इन्स्टिच्युटबाट खरीद गरिएको २० लाख मध्ये १० लाख डोज कोभिसिल्ड, चीनको सिनोफर्माबाट खरीद गरिएको ४० लाख मध्ये १० डोज भेरोसेल समेत आइसकेको छ ।

कोभ्याक्स सुविधाबाट भने ३ लाख ४८ हजार डोज मात्रै आएको छ । कोभ्याक्सले २० प्रतिशत जनतालाई पुग्ने गरी करीब १ करोड २० लाख डोज खोप निशुल्क उपलव्ध गराउने बताउँदै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *