‘भेरोसेल’ पहिलो मात्रा लगाउने अभियान असार भित्रै सुरु हुँदै

काठमाडौँ, २७ असार । सरकारले पछिल्लो पटक चीनबाट खरीद गरी ल्याइएको कोभिडबिरुद्धको खोप भेरोसेल लगाउने अभियान असार महिना भित्रै शुरु गर्ने तयारी गरेको छ । स्वास्थ्य सेवा विभाग तीनवटा प्रदेशमा असार भित्रै सुरु गर्ने र बाँकी प्रदेशमा पनि साउनको पहिलो साता देखि नै सुरु गर्ने तयारीमा जुटेको छ ।

विभाग अन्तरगर्त परिवार कल्याण महाशाखाको खोप शाखा प्रमुख डा झलक गौतमले चीनबाट आएको भेरोसेल लगाउने कार्यलाई छिटै सुरु गर्ने बताए ।

उनले भने, ‘कहिले देखि सुरु हुन्छ भनेर दिन तोकिई हालेको अवस्था छैन् तर असार महिना भित्रै अभियान सुरु गर्ने योजनामा हामी छौँ ।’

उनले बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा खोप पुगिसकेकोले त्यहाँ यसै महिना देखि खोप अभियान सुरु हुनसक्ने संकेत गरे । बाँकी प्रदेशमा पनि आज भोली नै खोप पठाउने र प्रदेशहरुले स्थानीय तहमा खोप पठाईसकेपछि खोप अभियान शुभारम्भ हुने जानकारी दिए ।

डा गौतमले अब आउने खोप कति उमेर समूहका लागि लगाईदै छ भनेर समेत निर्णय भइनसकेको बताए । तर उनले अब ५५ बर्ष माथिको उमेर समूहमा जान सक्ने संकेत गरे । ‘निर्णय भइसकेको अवस्था होइन तर अव दोस्रो प्राथमिकता अनुसार ५५ बर्ष माथिका उमेर समुहमा गईन्छ कि ?,’ उनले भने ।

काठमाडौँका खोप भण्डारण खालि गरिदै
यसैबीच अमेरिकाबाट १५ लाख डोज जोन्सन एण्ड जोन्सनको खोप सोमबार आउने भएपछि विभाग काठमाडौँका खोप भण्डारण केन्द्र खाली गर्ने तयारीमा जुटेको छ ।

उसले चीनबाट आएका खोपहरु सिधै प्रदेशका आपूर्ति केन्द्रले बनाएको खोप भण्डारण केन्द्रमा पठाउने योजना बनाएको हो । विभागले काठमाडौँमा जे एण्ड जे र त्यसपछि चीनबाट आउने थप खोपहरु राख्ने योजनामा रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *