वीर अस्पतालको नवनिर्मित सर्जिकल भवन उद्घाटन

264
Shares

काठमाडौँ, २७ असार । वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उदघाटन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विहान नवनिर्मित सर्जिकल भवनको उदघाटन गरेका हुन् । दुई तला अण्डरग्राउण्ड सहित नौ तले उक्त भवन २०७४ फागुन २५ गते प्रधानमन्त्री ओलीले सिलान्यास गरेका हुन् ।

अहिले कोभिड १९ युनिफाइड केन्द्रीय अस्पतालमा रुपान्तरित यो अस्पतालको भवनमा एक आइसीयू सहित कुल ५ सय बेड सञ्चालनमा आउने बताइएको छ ।

अस्पतालका प्रमुख कार्यकारी अधिकारी प्राडा जागेश्वर गौतमले नयाँ भवन सञ्चालनमा आएसंग अस्पतालको स्तरोन्नती गर्दै अघि बढने बताए । उनले अब दैनिक ७५ वटा सर्जरी, मासिक १५ वटा मिर्गौला प्रत्यारोपण गर्ने लगायतका योजना सुनाए ।

यस्तै २५ बेडको आकस्मिक कक्षलाई १०० बेड, १०० बेडको आइसीयूलाई २०० बेड र १५ बेडको डायलासिसलाई १०० बेडमा स्तरोन्नती गर्ने सुनाए ।

वीर अस्पतालमा दुईवटा अक्सिजन प्लान्ट र एउटा लिक्वीड अक्सिजन प्लान्ट जडान भएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *