कोरोना संक्रमितको उपचारमा प्रयोग हुने थप ३०० भाइल ‘टोसिलिजुमाव इन्जेक्सन’ काठमाडौँ आइपुग्यो

काठमाडौँ, २६ असार । कोरोना संक्रमित बिरामीका लागि प्रयोग हुने ‘टोसिलिजुमाव इन्जेक्सन’ (औषधि) को दोस्रो खेप काठमाडौँ आइपुगेको छ । यतिकेम डिस्ट्रिव्युटर प्रालिले शनिबार दोस्रो खेपको रुपमा थप ३०० भाइल टोसिलिजुमाव इन्जेक्सन (औषधि) काठमाडौँ ल्याई पुर्‍याएको हो ।

बिरामीका लागि एक वा दुई भाइल प्रयोग हुँदै आएको यो इन्जेक्सनको प्रति भाइल मूल्य औषधि व्यवस्था विभागले  ५९ हजार ८५० रुपैयाँ तोकेको छ ।

यतिकेमका प्रमुख प्रभुराज बैद्यले इन्जेक्सन लिनका लागि बिरामीका आफन्तले तोकिएको मापदण्ड पुरा गरेर आएमा प्राप्त हुने बताए । उनले विभागले तोकेको मूल्यमा टोसिलिजुमाव उपलव्ध हुने समेत जानकारी दिए ।

यसअघि  औषधि व्यवस्था विभागले यतिकेमलाई २ हजार भाइल टोसिलिजुमाव ल्याउन अनुमति दिएको थियो । सो अनुसार यतिकेमले पहिलो खेप गत १४ जेठमै ५०० भाइल ल्याएको थियो । बाँकी भाइलहरु क्रमश ल्याइने बैद्यले बताए ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *