चीनबाट खरीद गरिएको कोभिडबिरुद्धको खोप : पहिलो खेपमा ८ लाख डोज भेरोसेल आइपुग्यो

काठमाडौँ, २५ असार । सरकारले चीनबाट खरीद गरेको कोभिडबिरुद्धको खोप भेरोसेलको पहिलो खेप शुक्रबार विहान काठमाडौँ आइपुगेको छ । चीनको राजधानी बेइजिङबाट खोप बोकेर उडेको नेपाल एयरलायन्सको वाइडबडी विमान शुक्रबार विहान साढे ६ काठमाडौँ अवतरण गरेको छ ।
पहिलो खेपमा चीनबाट ८ लाख डोज मात्रै खोप आएको छ । यसअघि पहिलो खेपमा १० लाख डोज खोप आउने भनिएको थियो ।
विमानमा स्पेश नहुँदा १० लाख डोज खोप ल्याउन नसकिएको स्वास्थ्यका अधिकारीहरुले बताएका छन् ।
‘सेकेण्डरी स्पेश, प्याकेजिङ नै अलि त्यस्तै हुँदो रहेछ । धेरै ल्याउन सकिएन । ८ लाखमा केही बढी छ,’ स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले भने ।
यसअघि सरकारले चीनको सिनोफार्म कम्पनीबाट ४० लाख डोज खोप खरीदको सम्झौँता गरेको थियो । ‘नन् डिस्क्लोजेवल एग्रिमेन्ट’ गरेका खोप के कसरी खरीद गरिएको छ भन्ने बारेमा भने केही बताइएको छैन् । खोप भने नेपाल एयरलायन्सको विमानले ल्याउने छ । उसले तीन खेपका लागि तालिका सार्वजनिक समेत गरेको छ ।
खोप आएपछि सरकारी अधिकारीहरुले पहिलो डोज लगाउने योजना बनाउन जुटेका छन् ।
सम्पर्क इमेल : [email protected]