चीनबाट खरीद गरिएको कोभिडबिरुद्धको खोप : पहिलो खेपमा ८ लाख डोज भेरोसेल आइपुग्यो

636
Shares
चीनबाट खोप लिएर आएको नेपाल एयरलायन्सको वाइडबडी विमान, त्रिभुवन विमानस्थलमा अवतरण पश्चात । तस्वीर : बडेबाबु थापा

काठमाडौँ, २५ असार । सरकारले चीनबाट खरीद गरेको कोभिडबिरुद्धको खोप भेरोसेलको पहिलो खेप शुक्रबार विहान काठमाडौँ आइपुगेको छ । चीनको राजधानी बेइजिङबाट खोप बोकेर उडेको नेपाल एयरलायन्सको वाइडबडी विमान शुक्रबार विहान साढे ६ काठमाडौँ अवतरण गरेको छ ।

पहिलो खेपमा चीनबाट ८ लाख डोज मात्रै खोप आएको छ । यसअघि पहिलो खेपमा १० लाख डोज खोप आउने भनिएको थियो ।

विमानमा स्पेश नहुँदा १० लाख डोज खोप ल्याउन नसकिएको स्वास्थ्यका अधिकारीहरुले बताएका छन् ।

‘सेकेण्डरी स्पेश, प्याकेजिङ नै अलि त्यस्तै हुँदो रहेछ । धेरै ल्याउन सकिएन । ८ लाखमा केही बढी छ,’ स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले भने ।

यसअघि सरकारले चीनको सिनोफार्म कम्पनीबाट ४० लाख डोज खोप खरीदको सम्झौँता गरेको थियो । ‘नन् डिस्क्लोजेवल एग्रिमेन्ट’ गरेका खोप के कसरी खरीद गरिएको छ भन्ने बारेमा भने केही बताइएको छैन् । खोप भने नेपाल एयरलायन्सको विमानले ल्याउने छ । उसले तीन खेपका लागि तालिका सार्वजनिक समेत गरेको छ ।

खोप आएपछि सरकारी अधिकारीहरुले पहिलो डोज लगाउने योजना बनाउन जुटेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *