पछिल्लो २४ घण्टामा थपिए २६३४ जना कोरोना संक्रमित, १५६५ डिस्चार्ज

काठमाडौँ, २२ असार । पछिल्लो चौबिस घण्टामा देशभर थप २ हजार ६३४ जनामा कोरोना संक्रमण देखिएको छ । यहि अवधीमा थप १ हजार ५६५ जना संक्रमणबाट मुक्त भई घर फर्किएका छन् । आज थप १५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ७ हजार ५०३ जनाको पीसीआर बिधिबाट र ५ हजार ८२ जनाको एन्टीजेन विधिबाट गरी कुल १२ हजार ५ सय ८५ जनाको कोभिड १९ परीक्षण भएको थियो । सो परीक्षणबाट कुल २ हजार ६३४ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

जसमध्ये आज काठमाडौँमा ३६५ ,भक्तपुरमा २९ र ललितपुरमा १०५ जना गरी काठमाडौँ उपत्यकामा ४९९ जना थपिएका छन् ।

देशभरका कोभिड अस्पतालका आइसीयूमा ५६७ र भेन्टीलेटर १७१ जना संक्रमित उपचाररत छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *