डा. शान्तकुमार दास त्रिवि शिक्षण अस्पतालको उपनिर्देशक पदमा नियुक्त

काठमाडौँ, २२ असार । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको उपनिर्देशक पदमा सहप्राध्यापक डा शान्तकुमार दास नियुक्त भएका छन् ।
शिक्षण अस्पतालका निर्देशक प्राडा दिनेश काफ्लेको सिफारिसमा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)की डीन प्राडा दिव्यासिंह शाहले सहप्राध्यापक दासलाई सोमबार उपनिर्देशक पदमा नियुक्त गरेकी हुन् ।
सहप्राडा दासको कार्यकाल दुई बर्षको हुनेछ ।
सहप्राडा दास पछिल्लो समय शिक्षण अस्पतालको कोभिड युनिट इन्चार्ज थिए ।
‘अब कोभिडको केस अलि मत्थर हुँदै गएको छ । यहिबेला यता नयाँ जिम्मेवारी पाएको छु । सोमबार नियुक्ती पत्र बुझेको छु । अस्पतालको सेवा सुधार गर्न आफ्नो तर्फबाट थप कोशिश गर्नेछु,’ सहप्राडा दासले भने ।
त्रिवि शिक्षण अस्पतालमा दुईवटा उपनिर्देशक पद रहेका छन् ।
एउटा पदमा भने यसअघि नै प्राडा सुवासप्रसाद आचार्य नियुक्त गरिईसकेको छ ।
सम्पर्क इमेल : [email protected]