तिम्लिहा दिदी बहिनी जब एकैपटक गर्भवती भए…..

988
Shares

अमेरिका । पैतिस बर्ष अघि अमेरिकाको क्यालिफोर्निया राज्यमा एकैपटक जन्मिएका (तिम्लिहा) दिदी बहिनीको जीवनका गति एकै खालको छ । एकैपटक जन्मिए, एक साथ स्कुल र कलेजको पढाई पुरा गरे । अब हुँदा हुँदा तीन दिदी बहिनी एकैपटक गर्भवती भएका छन् । अबको केही महिनामा तीन दिदी बहिनीले सन्तान जन्माउनेछन् ।

यी दिदी बहिनीको नाम गिना, नीना र भिक्टोरिया हो । जो ३५ बर्षको उमेरमा एक साथ गर्भवती भएका छन् । उनीहरुको लागि यो निकै रोमाञ्चक क्षण हो ।

उनीहरुले आफूहरुमा जस्तै जन्मिने बच्चामा पनि एक अर्काबीच उस्तै सम्वन्ध हुने विश्वास गरेका छन् । फक्स न्युजलाई अन्तरवार्ता दिने क्रममा भिक्टोरियाले भनिन्, ‘हामी तीन दिदी बहिनी एक साथ गर्भवती हुनु सपना जस्तै लागेको छ ।’

उनले अगाडी थपेकी छन्, ‘पहिले म र निना गर्भवती भएका थियौँ । त्यसपछि हामीले गिनालाई पनि गर्भवती हुन उक्सायौँ । त्यसपछि गिनाले पनि गर्भवती हुने कोशिश गरिन र सफल पनि भईन ।’

यी दिदी बहिनी पहिलो पटक एकैपटक गर्भवती भएका भने होइनन् ।

निनाको अब जन्मने पहिलो सन्तान भएपनि गिनाको भने तेस्रो सन्तान हुनेछ । यस्तै भिक्टोरियाको अव जन्मने सन्तान दोस्रो हुनेछ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *