२५० जना प्रयोगशालाकर्मीलाई पीसीआर टेष्टसम्वन्धी ओरिन्टेशन तालीम

1.8k
Shares

काठमाडौँ, १९ असार । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले २५० जना प्रयोगशालाकर्मीलाई कोभिड १९ पीसीआर टेष्ट सम्वन्धी ओरिन्टेशन तालीम प्रदान गरेको छ ।

छ दिने उक्त तालीममा ल्याव एसिस्टेन्ट, ल्याव टेक्निसियन, मेडिकल ल्याव टेक्नोलोजिष्ट, माइक्रोबायोलोजिष्ट, बायोकेमेष्टी, प्याथोलोजिष्ट लगायतको सहभागिता थियो । तालिम गत सोमबारबाट चलेको थियो ।

प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार कोभिड १९ महामारीबिरुद्ध प्रतिकार्यका लागि आवश्यक पर्न सक्ने जनशक्तिको सूची तयार गरी सम्भावित तेस्रो लहरका लागि तयारी अवस्थामा राख्नका लागि तालीम प्रदान गरिएको हो ।

तालीमपछि उक्त जनशक्तिलाई आवश्यक परेको बेला तुरुन्तै कोभिड १९ पीसीआर स्याम्पल कलेक्सन, व्यावस्थापन, तथा पीसीआर टेष्टिङको लागि खटाउन सकिने छ ।

तालीममा स्रोत व्यक्तिको रुपमा प्रयोगशालाकि निर्देशक डा रुणा झा, प्रमुख मेडिकल टेक्नोलोजिष्ट लिलि श्रेष्ठ, सहप्रमुख प्याथोलोजिष्ट डा रेखा मानन्धर, ज्योति आचार्य, डा शंकर काफ्ले, डा ज्वलन्त पौडेल सहभागिता जनाएका थिए ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *