कोभ्याक्सिनको तेस्रो चरणको ट्रायल पुरा, ७७.८ प्रतिशत प्रभावकारी

एजेन्सी । भारतीय खोप निर्माता कम्पनी भारत बायोटेकले कोभ्याक्सिनको तेस्रो तथा अन्तिम चरणको ट्रायल पुरा गरेको छ । कम्पनीले तेस्रो चरणको नतिजा समेत आधिकारिक रुपमा सार्वजनिक गरेको छ ।

उसले भनेको छ, ‘कोभ्याक्सिन कोरोनाका गम्भीर बिरामी तथा डेल्टा भेरियन्टका संक्रमितहरुमा निकै प्रभावकारी पाइएको छ ।’

कम्पनीका अनुसार तेस्रो चरणको ट्रायलमा यो खोप कोरोनाबिरुद्ध ७७.८ प्रतिशत प्रभावकारी भएको पाइएको छ । यस्तै विश्वभर फैलिएको डेल्टा भेरियन्ट विरुद्ध ६५.२ प्रतिशत र गम्भीर संक्रमणबाट जोगाउनका लागि ९३.४ प्रतिशत प्रभावकारी भएको पाइएको छ ।

कम्पनीले कोभ्याक्सिनको तेस्रो चरणको ट्रायलले ओभरअल एफिकेसी ७७.८ रहेको देखाएको छ । जवकी गंभीर संक्रमणमा यसको एफीकेसी ९३.४ प्रतिशत पाएको बताइएको छ ।

६० बर्ष माथिका लागि ६७.८ प्रतिशत र ६० बर्ष मुनिकालागि ७९.४ प्रतिशत प्रभावकारी भएको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *