स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सातौं राष्ट्रिय सम्मेलन शुरु

काठमाडौँ, १७ असार । स्वास्थ्य तथा जनसंख्या बैज्ञानिकहरुको सातौं राष्ट्रिय सम्मेलन शुरु भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदको आयोजनामा शुरु भएको दुई दिने सम्मेलन यसपटक पनि कोरोना महामारीका कारण भरच्युअल रुपमा गरिदैछ । यद्धपी परिषदले आफ्नो सभाहलमा सिमिति पाहुनाहरुलाई भौतिक रुपमा उपस्थित गराई उदघाटन सत्र सम्पन्न गरेको छ ।

सम्मेलन सफलताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश पठाएका थिए । मुख्य वक्ताको रुपमा विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) दक्षिणपूर्वी एसिया क्षेत्रका निर्देशक डा पुन क्षेत्रपाल सिंह र लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले भर्च्युअल माध्यमबाट शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि बनेका स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्ण गोपाल श्रेष्ठले सम्वोधनका क्रममा सम्मेलनको सफलताको कामना गर्दै स्वास्थ्य अनुसन्धानका गतिविधिमा थप क्रियाशिल परिषदलाई निर्देशन दिए । उनले मन्त्रालय जनतालाई उच्चस्तरको स्वास्थ्य सेवा पुरयाउन प्रतिवद्ध रहेको र सन् २०३० को दीगो विकास लक्ष्य पुरा गर्न तथा यसका उदेश्यहरु पुरा गर्नका लागि आवश्यक कदम चालेको बताए । उनले परिषदले स्वास्थ्य नीति तथा योजनाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग पुरयाईरहेको भन्दै कोरोना महामारीपछि भ्याक्सिन ट्रायलको कामलाई अघि बढाउन बाटो खुलेको उल्लेख गरे । यसबाट नेपालले स्वास्थ्य क्षेत्रमा थप लाभ लिन सक्ने बताए ।

कार्यक्रममा परिषदका अध्यक्ष प्राडा गेहनाथ बराल, उपाध्यक्ष प्राडा गौरबराज ढकाल, सदस्यसचिव डा प्रदीप ज्ञवाली लगायतले सम्मेलनको चर्चा गरेका थिए ।

सम्मेलनमा स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताहरुले आफ्नो खोज तथा अनुसन्धानका बारेमा ४७ वटा अनुसन्धान मुलक कार्यहरुको मौखिक प्रस्तुति , १९ वटा पोस्टर प्रस्तुति र २४ वटा आमन्त्रित प्रस्तुति हुने छ ।

सम्मेलनको पहिलो दिनमा कोभिड १९ र जनस्वास्थ्य संकट, नसर्ने रोग तथा स्वास्थ्य प्रणाली र नीति सम्वन्धी आमन्त्रीत विज्ञहरु र प्रस्तुतकर्ताहरुको प्रस्तुति रहनेछ । यस्तै सम्मेलनको दोस्रो दिन स्वास्थ्य तथा जनसंख्याका विभिन्न ६ वटा विधाहरुमा प्रस्तुति हुनेछन् ।

जसमा मातृ तथ नवजात शिशु, बाल स्वास्थ्य तथा जेष्ठ नागरिक स्वास्थ्य, कार्यान्वनात्मक अनुसन्धान, संक्रामक रोगहरु, षोषण, मानसिक स्वास्थ्य र दुब्र्यशन, बाताबरणीय स्वास्थ्य, औषधिजन्य र बायोमेडिकल अनुसन्धान लगायतका विषयहरुमा प्रस्तुतिकरण हुनेछ ।

कार्यक्रमको समापनमा विभिन्न ९ जना उत्कृष्ठ अनुसन्धानकर्तार्लाइ अवार्डद्धारा सम्मानित गरिनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *