भोलिबाट उपत्यकामा जोरबिजोरमा सार्वजनिक यातायात चल्न दिने निर्णय

860
Shares


काठमाडौँ, १४ असार । भोलिबाट काठमाडौँ उपत्यकामा जोरबिजोर प्रणलीमा सार्वजनिक यातायात पुनः सञ्चालनमा आउने भएका छन् । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सवारी साधनमा स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने र २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन सोमबारदेखि जोरबिजोर प्रणालीको आधारमा चल्न दिने निर्णय भएको जानकारी दिए । त्यसैगरी खाद्यान्नका पसल साँझ ६ बजेसम्म खोल्न पाइने छ ।

सरकारले १६ वैशाखबाट निषेधाज्ञा जारी गरेकोमा ८ असारबाट खुकुलो गर्दै लगेको छ ।

 

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *