चुम्बनको तस्बिर भाइरल भएपछि बेलायती स्वास्थ्य मन्त्रीले दिए राजिनामा

- नेपाली हेल्थ
स्वास्थ्य मन्त्री म्याट ह्यानकक आफ्नो सहयोगी जीना कोलाण्डेगेलोसंग

एजेन्सी । कोरोना महामारीको बेलामा ब्रिटेनका स्वास्थ्य मन्त्री म्याट ह्यानककलाई आफ्नो सहयोगी जीना कोलाण्डेगेलोसंग चुम्वन गर्नु महंगो परेको छ ।

सामाजिक सञ्जालमा उनको सहयोगीसंग चुम्बन गरेको तस्बिर भाइरल भएपछि आइतबार उनले पदबाट राजिनामा दिएका छन् । सामाजिक सञ्जालमा उनलाई सामाजिक दुरी (सोसियल डिस्टयान्सिङ)को पालना नगरेको आरोप लागेको थियो । सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको कडा रुपमा विरोध गर्दै पदवाट राजिनामा दिन माग गरेका थिए ।

ह्यानककले आफ्नो राजिनामा प्रधानमन्त्री बोरिस जोन्सनलाई पठाएका छन् । उनले राजिनामा पत्रमा ‘आम नागरिकले महामारीबिरुद्ध जे जस्तो नियम पालना गरेका छन्  हामीले पनि त्यहि नियम पालना गर्नुपर्दथ्यो । उनीहरुलाई देख्दा देख्दै हामीबाट गलत हुन्छ भने हामी त्यसको भागिदार बन्नै पर्छ,’ भनेर लेखेका छन् ।

ब्रिटेनको अनलाइन द सनका अनुसार ४२ बर्षीय ह्यानककको विवाह भएको १५ बर्ष भएको छ । उनकी पत्नी मार्थाबाट ३ सन्तान जन्मिएका छन् । अहिले जो सहयोगीको साथ उनको अफ्येर चलेको छ उनी पनि विवाहित हुन् ।

ह्यान ककको राजिनामा आएपछि सहयोगी जीना कोलाडंगेलोले पनि स्वास्थ्य मन्त्रायबाट राजिनामा दिएकी छन् । त्यसो त मन्त्रालयमा उनको नियुक्ति हुँदा नै विरोध भएको थियो ।

मन्त्री ह्यानककले कोलागंडेलोलाई २०२० को सेप्टेम्बर महिनामा स्वास्थ्य मन्त्रालयमा नन एक्जीक्युटिभ डायरेक्टर पदमा नियुक्त गरेका थिए । उनले बर्षमा १५ देखि २० दिन काम गर्नुपर्दथ्यो र १५ हजार पाउण्ड तलम तोकिएको थियो ।

गत ६ मेमा सार्वजनिक भएको सो तस्विर पछिल्ला दिनमा भाइरल हुँदै आएको थियो । सामाजिक सञ्जालमा विरोध बढदै जाँदा एक दिन अघि मात्रै उनले जनतासंग माफीसमेत मागेका थिए ।

 


Facebook Comment


थप समाचार