कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा नृपेन्द्र महत नियुक्त
काठमाडौँ, ११ असार । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा नृपेन्द्र महत नियुक्त भएका छन् ।
तत्कालिन स्वास्थ्य मन्त्री एवं प्रतिष्ठानका सहकुलपति शेरबहादुर तामाङले ३ असारमा उनलाई रजिष्ट्रार पदमा नियुक्त गरेका हुन् ।
त्यसअघि प्रतिष्ठानका उपकुलपति डा मंगल रावलको महत सहित तीन जनाको नाम सिफारिस गरेका थिए ।
रजिष्ट्रार नियुक्ति उपकुलपतिको सिफारिसमा सहकुलपतिले गर्ने व्यवस्था छ ।
रजिष्ट्रार पदको कार्यकाल चार बर्षको रहनेछ ।
महत यसअघि नेकपा एमालेको भातृ संस्था युवासंघका उपाध्यक्ष हुन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]