के अब ५० बर्ष पुगेका र स्तनपान गराएका नर्सलाई रात्रीकालिन ड्युटीमा खटाउन नपाउने हो त ?

काठमाडौं, ५ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५० बर्ष पुगेका नर्स र स्तनपान गराईरहेका नर्सहरुलाई अस्पतालमा रात्रीकालिन ड्युटी नलगाउने भन्ने विषय सम्वन्धित स्वास्थ्य संस्थाको आन्तरिक कुरा भएको स्पष्ट पारेको छ ।

नेपाल नर्सिङ संघले गत कात्तिक २६ मा स्वास्थ्य मन्त्रालयलाई पत्र लेख्दै अस्पतालहरुमा ५० बर्ष माथिकालाई र स्तनपान गराईरहेका नर्सलाई २ बर्षसम्म रात्रीकालिन ड्युटी नलगाउने व्यवस्था गरिदिन आग्रह गरेको थियो ।

मन्त्रालयले गत ३० बैशाखमा सो नर्सिङ संघलाई पत्रको जवाफ फर्काउदै ड्युटीको विषयमा निर्णय लिने काम स्वयं अस्पतालले गर्न सक्ने स्पष्ट पारेको छ । उसले नर्सिङ संघलाई पठाएको पत्रमा गत चैत २३ मा बसेको नीति समन्वय समितिको बैठकमा छलफल भएको र रात्रीकालिन ड्युटी लगाउने वा नलगाउने विषयको निर्णय गर्न स्वयं अस्पताललाई जिम्मेवारी दिने निर्णय भएको समेत उल्लेख गरेको छ ।

पछिल्लो समय कतिपय सञ्चारमाध्यममा ५० बर्ष माथिका नर्स र स्तनपान गराईरहेका नर्सलाई कम्तीमा २ बर्ष रात्रीकालिन ड््युटी लगाउन नपाइने मन्त्रालयको निर्णय भन्दै समाचार आइरहेको छ ।

मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा गुणराज लोहनीले रात्रीकालिन ड्युटीका विषयमा पत्रले स्पष्ट पारेको भन्दै भ्रममा नपर्न अनुरोध गरेका छन् ।

‘नर्सिङ संघलाई पत्र लेखिएको एक महिना अघिनै होे । र सो पत्रमा मन्त्रालय निर्देशन दिने गरी आफूले कुनै निर्णय गरेको छैन । आफ्नो स्टाफको ड्युटी सम्वन्धीत अस्पतालले आफ्नो सेवा प्रभावित नहुने गरी मिलाउन सक्छन् । यसका लागि उनीहरु स्वतन्त्र छन् भन्ने मन्त्रालयको धारणा हो । मन्त्रालयले यस्तोलाई यसरी ड्युटी लगाउनु भनेर भनेको अवस्था होइन,’ डा लोहनीले भने ।

उनले अगाडी थपे, ‘कुनै अस्पतालमा धेरै नर्सहरु हुनुहुन्छ र केही नर्सलाई सुविधा दिन आवश्यक छ र सक्षम छ भने त्यो सो अस्पतालको कुरा हो । होइन भने ड्युटी त सबैले समान रुपमा निभाउनु पर्ने हुन्छ । तर यसयमा मन्त्रालयले केही भनेको छैन् । अस्पताल आफूले गर्ने निर्णय हो ।’

मन्त्रालयले नर्सिङ संघलाई पठाएको पत्र यस्तो छ :

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *