डेनमार्कका मीडफिल्डर एरिकसन अस्पतालबाट ‘डिस्चार्ज’

एजेन्सी । डेनमार्कका मीडफिल्डर क्रिश्चियन एरिकसन अस्पतालबाट डिस्चार्ज भएका छन् । उनको मुटुको शल्यक्रिया गरिएको छ ।
यूरो कप फुटबल २०२० अन्तगर्त गत शनिबार कोपनहेगनमा भएको फिनल्याण्डबिरुद्धको खेलमा २९ वर्षीय डेनमार्कका मीडफिल्डर एरिकसन मैदानमै ढलेका थिए ।

उनलाई मैदानमै हृदयघात भएको थियो । तात्कालै मैदानमा ढल्न पुगेका एरिकसनको आपातकालीन उपचार गरिएपनि होसमा नआएपछि अस्पताल भर्ना गरिएको थियो । शुक्रबार उनको उपचार भइरहेको अस्पतालमा फुटवल टोलीका सदस्यले भ्रमण गरेका थिए । लगत्तै उनी आफ्नो परिवारजनसँग घर फर्किएका हुन् ।

एरिकसनले एक वक्तब्य जारी गरी प्रशंसकलाई स्वास्थ्य लाभको कामना गरेकोमा आभार प्रकट गरेका छन् । उनले शल्यक्रिया सफल भएको र आफू राम्रो अवस्थामा रहेको बताएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *