बेलायतमा फेरी बढ्न थाल्यो कोरोना संक्रमण

लण्डन । बेलायतमा कोरोना भाइरसको संक्रमण पुन बढेको छ । बिहीबार मात्रै ११ हजार बढी संक्रमित भेटिएका छन् । जो फेव्रअरी महिना यताकै सबैभन्दा बढी हो ।

डेलीमेलका अनुसार त्यहाँको स्वास्थ्य सेवा विभागले विहीबार ११ हजार ७ जना नयाँ संक्रमित थपिएको बताएको छ । यो संख्या अघिल्लो बिहीबार भन्दा ४८.९ प्रतिशतले बढी हो । गत बिहीबार ७ हजार ३९३ जनामा संक्रमण देखिएको थियो । विभागले गत १९ फेब्रअरीको दिन १२ हजार २७ जना नयाँ संक्रमित थपिएको भन्दै आजको संख्या त्यस यताकै बढी भएको उल्लेख गरेको छ ।

स्वास्थ्य विभागले संक्रमण बढदै जाँदा कोरोनाबाट संक्रमण भई अस्पताल भर्ना हुनेको संख्या समेत बढेको जनाएको छ । उसले अस्पतालमा भर्ना हुनेको संख्या अघिल्लो साता भन्दा अहिले ४५ प्रतिशत बढी देखिएको बताएको छ । आज २२२ जना भर्ना भएका छन् । गत साता १५३ जना भर्ना भएका थिए ।

यस्तै मृत्युदर समेत अघिल्लो साता भन्दा अहिले दोब्बरले बढेको छ । अघिल्लो बिहीबार ७ जनाको मृत्यु भएको थियो तर आज मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

अधिकारीहरुले बढदो संक्रमणले तेस्रो लहरको संकेत गरेको बताएका छन् ।

आजै गरिएको अध्ययनले बेलायतमा प्रत्येक दिन १५ हजार ७६० जनामा संक्रमण भएको अनुमान छ । अब यो संख्या हरेक तीन दिनमा दोब्बरले बढ्ने बताएको छ । एक जना विज्ञले आगामी १५ दिनसम्ममा संक्रमणको अवस्था चरम विन्दुमा पुग्ने बताएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *