६ अस्पतालका लागि अक्सिजन प्लान्ट, आइसीयू र एचडीयूका लागि छुट्याइयो ७ करोड ७० लाख रुपैयाँ

काठमाडौँ, ३१ जेठ । अर्थ मन्त्रालयले विभिन्न ६ वटा अस्पतालमा अक्सिजन प्लान्ट आइसीयू एचडीयू र भेन्टिलेटर जडान गर्न ७ करोड ७० लाख रुपैयाँ बजेट निकासा लागि सहमति दिएको छ । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ती उपकरण उपकरण जडानका लागि स्रोत सहमतिका लागि अर्थमा पत्र पठाएको थियो ।

मन्त्रालयका अनुसार रामपुर अस्पताल पाल्पाका लागि अक्सिजन प्लान्टका लागि ७५ लाख रुपैयाँ र ५ बेड एचडीयू जडानका लागि ८० लाख रुपैयाँ बिनियोजन गरिएको छ ।

यस्तै बेनी अस्पताल म्याग्दीका लागि अक्सिजन प्लानट जडानका लागि ७५ लाख रुपैयाँ, रुकुम अस्पताल रुकुम पूर्वका लागि एचडीयू ५ बेडका लागि ८० लाख रुपैयाँ, प्युठान अस्पताल बिजुवारका लागि ५ बेड एचडीयूका लागि ८० लाख रुपैयाँ, रोल्पा अस्पताल रोल्पाका लागि ५ बेड एचडीयूका लागि ८० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

यस्तै चौरजहारी अस्पताल रुकुमका लागि ५ बेड आइसीयू र २ भेन्टिलेटरका लागि ३ करोड रुपैयाँ विनियोजन भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *