कोभिड युनिफाइड केन्द्रीय अस्पतालमा १०० बेड आइसीयू र २०० बेड एचडीयू सञ्चालनमा ल्याइने


काठमाडौँ, २७ जेठ । कोभिड युनिफाइड केन्द्रीय अस्पताल (बीर अस्पताल)मा कोभिड १९ को बिरामीको उपचारका लागि १०० बेडको आइसीयू युनिट सञ्चालनमा ल्याइने भएको छ । सोही अस्पतालमा २०० बेडको हाइ डिपेन्डेन्सी युनिट (एचडीयू) सञ्चालनमा ल्याइने तयारी भएको छ ।

अस्पतालका प्रमुख कार्यकारी अधिकारी प्राडा जागेश्वर गौतमले स्वास्थ्य मन्त्री शेरबहादुर तामाङसंगको छलफल पछि नयाँ सर्जिकल व्लकमा १०० बेड आइसीयू, २०० बेड एचडीयू र थप २०० बेडको कोभिड जनरल वार्ड गरी तत्काल ५०० बेड सञ्चालन गर्ने गरी तयारी भएको बताए ।

डा गौतमले आवश्यक परेमा पुरानो भवनमा थप २०० बेड र राष्ट्रिय ट्रमा सेन्टरमा थप १५० बेड सञ्चालन कोभिड युनिट सञ्चालनमा ल्याउन सकिने समेत बताए । उनले आवश्यक नपरेको खण्डमा भन ट्रमा सेन्टर र वीरको पुरानो भवनमा नन कोभिड सेवा सूचारु गर्ने तयारी भएको समेत जानकारी दिए । अहिले वीरमा १३६ जना र ट्रमा सेन्टरमा ४० जना कोभिडका बिरामी छन् ।

अहिलेसम्म कुल १०० बेड तयार भएको नयाँ सर्जिकल ब्लकमा २८ जना बिरामी भर्ना भएका छन् ।

‘नविल बैंकले अक्सिजन सर्जिकल व्लकमा अक्सिजन प्लान्ट राखिदिने भएको छ । फाउन्डेशन तयार भयो, प्लान्ट पनि आइसकेको छ ।अब त्यो जडान गर्ने तरखरमा छौँ । दुई चार दिनमा त्यो काम सम्पन्न हुन्छ । त्यसपछि पुरानो भवन र ट्रमा सेन्टरका सबै कोभिडका बिरामी सार्ने छौँ र त्यता नन कोभिड बिरामीलाई सेवा दिने छौँ,’ उनले भने । डा गौतमले तेस्रो वेवको आँकलन गर्दै बालबालिकाहरुलाई लक्षित गरी तयारी थालिएको समेत बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *