भारतबाट खोप आउदैछ : स्वास्थ्यमन्त्री त्रिपाठी

काठमाडौँ, २१ जेठ । सरकारबाट बाहिरिदै गरेका स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले भारतबाट रोकिएको कोभिडबिरुद्धको खोप छिटै आउने बताएका छन् । उनले रोकिएको कोभिसिल्ड खोप दुई साता भित्रै आइपुग्ने दावी गरेका छन् ।

नेपाली हेल्थसंगको कुराकानीमा मन्त्री त्रिपाठीले भने, ‘म त सरकारबाट विदा हुँदैछु । तर मैले जिम्मेवारी पुरा गरेको छु । भारतबाट रोकिएको भनेको खोप अब १४-१५ दिनमा आइपुग्छ ।’

कोभिसिल्ड खोप निर्माता सिरम इन्स्टिच्युट अफ इन्डियासंग खरीद सम्झौँता भइसकेको २० लाख डोजमध्ये १० लाख डोज खोप अहिले पनि आउन बाँकी छ । मन्त्री त्रिपाठीले बाँकी खोप र थप खरीदको खोपहरु पनि आउन लागेको खुलासा गरे । उनले भारतले खोपबाहेक अरु ठूलो परिमाणमा स्वास्थ्य सामग्री पनि पठाउन लागेको बताए ।

उनले चीन अमेरिका लगायतका विभिन्न मुलुकबाट पनि खोप आउने क्रममा रहेको भन्दै नयाँ आउने मन्त्रीलाई खासै अफ्टेरो नपर्ने बताए ।

‘जुन विकराल समस्याको बेलामा मैले काम गरेको छु । स्वास्थ्यमा एक खालको सिस्टम बसेको अवस्था छ । अब आउने मन्त्रीज्यूलाई त्यो समस्या नहोला,’ उनले भने ।

उनले आफू सरकारका बरियता नमिलेको कारण बाहिरिन लागेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *