स्वास्थ्य मन्त्री बन्दै शेरवहादुर तामाङ, हृदयेशले भने, ‘म छोडदै छु’

काठमाडौँ, २१ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ बन्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुर्नगठन गर्दा तामाङलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिन लागेका हुन् ।

तामाङ २०७४ सालको निर्वाचनमा नेकपा एमालेको तर्फबाट सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचित सांसद हुन् । यसअघि उनी उनी कानून मन्त्री समेत बनेका थिए । नेपालीहेल्थसग कुरा गर्दै तामाङले चुनौतीपूर्ण घडीमा चुनौतीपूर्ण जिम्मेवारी लिनुपर्ने बेला आएको बताए ।

‘स्वास्थ्यको कुरा आएको छ । हामीसबै मिलेर यो चुनौतीपूर्ण घडीलाई पार लगाउनुपर्ने छ । बाँकी कुरा पछि भनौला,’ तामाङले भने ।

नयाँ मन्त्रीहरुको सपथग्रहण अहिले बेलुका ८ बजे तोकिएको छ ।

म मन्त्री पद छोड्ने निर्णय गरें स्वाथ्य हृदयेष त्रिपाठी
यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेष त्रिपाठीले आफू मन्त्री पदबाट बाहिरिन लागेको बताए । उनले बरियताक्रम नमिलेपछि आफू सरकारबाट बाहिरिन लागेको जानकारी दिए ।

‘कोरोना महामारीको चरम अवस्थाका बेला स्वास्थ्यमा आएको थिएँ ।केही कामहरु गरेँ । अवस्थालाई नर्मलाइज्ड गर्ने प्रयास गरे । स्वास्थ्यलाई सिस्टममा ल्याउने प्रयास गरेँ । अहिले सरकारको विषयमा खासगरी बरियता मिलेन त्यसैले बाहिरिन लागेको हुँ,’उनले छोटो प्रतिक्रिया दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *