स्वास्थ्यले अस्पतालहरुलाई भन्यो, ‘२० प्रतिशत शैय्या बालबालिकाका लागि छुट्याउनु’

काठमाडौँ, २१ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुल शैयाको २० प्रतिशत बालबालिकाको उपचारका लागि छुट्याएर राख्न देशभरका सबै अस्पताललाई निर्देशन दिएको छ ।

कोरोनाको दोस्रो लहर जस्तै तेस्रो, चौथो लहर पनि आउन सक्ने र त्यसबेला बालबालिका बढी संक्रमणमा पर्न सक्ने भन्दै अहिल्यै देखि अस्पतालले बालबालिकाको उपचारका लागि आवश्यक तयारीमा रहन भनेको हो ।

मन्त्रालयका सहसचिव डा मदनकुमार उपाध्यायले शुक्रबार सरकारी निजी सहकारी तथा सामुदायिक संस्थाहरुका नाममा सूचना जारी गर्दै अहिलेसम्म अस्पतालहरुमा युवा तथा प्रौडहरुको उपचार तयारी भइरहेको र अवको संक्रमणमा बालबालिका बढी प्रभावित हुनसक्ने भन्दै त्यसतर्फ ख्याल गर्न भनिएको छ ।

हेर्नुहोस सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *