खोपका लागि संख्या एकीन गर्न स्वास्थ्यलाई मतदाता नामावली उपलव्ध गराउँदै निर्वाचन आयोग

काठमाडौँ, २१ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मतदाता नामावलीबाट खोप लगाउने जनताको एकीन गर्ने भएको छ । खोप लगाउने संख्या एकीन गर्ने प्रयोजनका लागि स्वास्थ्य मन्त्रालयलाई निर्वाचन आयोगले मतदाता नामावली उपलव्ध गराउने भएको छ ।

विहीबार बसेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्यको मन्त्रालयको प्रस्तावमा निर्वाचन आयोगबाट मतदाता नामावली उपलव्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता एंव सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए ।

अहिले नेपालमा आएका अधिकांश खोप १८ बर्ष माथिका उमेर समूहलाई मात्रै लगाउन मिल्ने खालको छ । निर्वाचन आयोगमा रहेको मतदाता नामावलीमा पनि १८ बर्ष माथिका नागरिकको विवरण रहने गर्दछ । सोही आधारमा विवरण माग गरेको मन्त्री गुरुङले बताए ।

अहिलेसम्म नेपालमा करीव २१ लाखले पहिलो डोज र करीव ७ लाखले दोस्रो डोज कोभिडबिरुद्धको खोप लगाएका छन् । खोप आउनेक्रम शुरु भएपछि रोकिएको खोप अभियान आगामी २५ जेठ देखि पुन सुरु गर्दैछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *